नियम २९
वायुयान तथा वायुयानको पार्टपूर्जाको उत्पादन, मर्मत तथा परीक्षण संभार सहितको विस्तृत मर्मत (ओभरअल) गर्ने संस्थाको अनुमति स्थगित वा रद्द गर्ने

(१) नियम २८ बमोजिम अनुमति प्राप्त संस्थाले गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्थाको पालना नगरेमा वा त्यस्तो व्यवस्था विपरितकार्य गरेमा महानिर्देशकले त्यस्तो अनुमति आदेशमा उल्लेख भएको अवधिसम्मको लागि निलम्वन वा खारेज गर्ने आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निलम्वन वा खारेजीको आदेश दिएकोमा सोको जानकारी प्रचलित कानून बमोजिम इजाजत दिने र संस्था दर्ता गर्ने कार्यालय समेतलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम निलम्वन वा खारेज गर्नु अघि सम्बन्धित संस्थालाई सफाई पेश गर्ने मनासिव माफिकको मौका दिनु पर्नेछ ।